Lucky-Khabar_

दिउँसो सुत्ने बानी गर्नेमा के छ नोक्सानी ?

निद्रालाई खाना, पानी, हावा जतिकै अपरिहार्य मानिन्छ। दिनमा कमसेकम ७-८ घण्टा राति मात्र सुत्नुपर्छ ।

content ad p2

हामीमध्ये कतिपय दिउँसो सुत्ने गर्छौं । दिउँसो सुत्नेहरु दुईथरी हुन्छन्, एउटा रात्रिकालिन काम गर्नेहरु, अर्को दिउँसो फुर्सदमा आरम गर्नेहरु ।

चिकित्सक, नर्स, चालक, सेक्युरिटी गार्ड राति कार्य गर्नेहरुमध्ये कतिपयको ड्युटी रात्रिकालिन हुन्छ । त्यसैले राती काम र दिउँसो सुत्नुपर्छ । कतिपयको दिउँसो सुत्ने बानी नै हुन्छ|बिशेसगरी बिहानको खाना खाइसकेपछि ।

कुनै मजबुरी’अवस्था, बाध्यता अनुसार दिउँसो सुत्नु नै पर्‍यो । तर बानीकै रुपमा विकास गर्नु नराम्रो हो ।

सूर्यअस्त भएपछी विश्रामको समय आउँछ । दिनभर कामको ब्यस्तताले गर्दा २४ घण्टाको समय-चक्रमा हामी जति सक्रिय हुन्छौं उत्तिनै जरुरी विश्राम पनि ।

अतः विश्रामका लागि रातको समय अर्थात सूर्योअस्तपछि राम्रो हो । दिनमा काम गर्नु राती सुत्नु यो प्रकृतिको नियम हो ।

सुत्नु र उठ्नुसँग समय अझ भनौं घडीको पनि खास अर्थ हुन्छ । कुन समयमा सुत्ने, कुन समयमा उठ्ने भन्ने कुरा हाम्रो शरीरले स्वयम्ले तय गरेको हुन्छ । यसकारण त राती निद्रा लाग्ने गर्छ । यसका लागि शरीरले रातकै समयमा विभिन्न हर्मोन पैदा गर्छ ।

राती अध्यारोमा शरीरले एक किसिमको हर्मोन पैदा गर्छ, मेलाटोनिन । यो हर्मोनको काम निद्रा व्यवस्थापन गर्नु हो । जबकि यो हर्मोन दिउँसोको समयमा त्यती धेरै पैदा हुँदैन ।

शरीरको जैविक घडी अनुसार समयमा शरीरले के खोज्छ भन्नेकुराको पनि अध्ययन भएको छ ।त्यहि अनुसार हामीले सही समयमा सही काम गर्नु राम्रो हुन्छ । जस्तो निद्राको पनि निश्चित समय तालिका छ, जुन शरीरले तय गरेको हुन्छ । हामीले समय तालिकामा सुत्ने, निदाउने गर्दैनौं भने निन्द्रामा गडबडी आउँछ र निद्रा गडबड हुनु भनेको स्वास्थ्य गडबड हुनु हो ।

जैविक घडी बिधि अनुसार राती बिशेसगरी ११–१२ बजेको समयमा जागी रहनु भनेको पित्त विकार, अनिद्रा, नेत्ररोग, कलेजोरोग र बुढ्यौलीलाई बढाव दिनु र रोग निम्तयाउनु हो ।

प्रा. डा. सरोज ओझा
मानसिक रोग विशेषज्ञ
काठमाडौं महाराजगञ्ज त्रिवि शिक्षण अस्पताल
ने.मे. का. न. १७२४

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर