Lucky-Khabar_

नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघको ९ औ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

१४ असोज,वीरगञ्ज । पशुपंक्षी औषधी बजार प्रतिनिधि संघको ९ औं स्थापना दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम बिरगंजको घन्टाघरमा सम्पन्न भएको छ ।

स्थापना दिवसमा आज आयोजित कार्यक्रममा २ महिला सहित ४७ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने हरुमा ओम प्रकाश साह, अभिषेक कुमार, राम आशिष् प्रसाद, मुनिलाल पण्डित, रबि कुमार तुराहा, करन साह, नरेश महतो, राजा यादव लगायत रहेका छन् ।

content ad p2


संस्थाका अध्यक्ष अनिल कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कंडेल, पशुपंक्षी औषधी बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुल्सी भण्डारी, श्याम कुश्वाहा, दिनेश तिवारी, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, रक्त सञ्चारका प्रमुख सौरभराज पाण्डे, रबि साह तुराहा, करन साह, रामेस्वर यादव लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नमित चौरसिया, लिलाधर साह लगायतको टोलीले प्राविधिक सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर