Lucky-Khabar_

रविको बयानकाठमाडौंमा सकियो–पोखरा पठाउने भोलि

१७ मंसिर,काठमाडौं । काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

content ad p2

शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ‘आज बयान सकिएको हो भने भोलि पोखरा पठाइदिन्छौ’, उनले भने । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ । अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चलिरहेको छ । उनीहरूको बयान बुधबारसम्म सकियो भने त्यसपछि रविलाई चितवन झिकाइने त्यहाँका एसपी गौतम मिश्रले बताए ।

यसै हप्ताभित्रै रवि चितवन झिकाइने एसपी मिश्रको भनाइ छ । ’अरुको बयान सकिएलगत्तै उहाँलाई उपस्थित गराउने तयारी छ’, उनले भने ।

सम्बन्धित खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर

जनताको नेता जनता माझ’ अभियान अन्तर्गत सांसद सुशिल कानुद्वारा पर्सागढी–५ जिगनामा भेटघाट तथा विकासबारे छलफल

लक्की खबर