दलका सचेतक निशा डाँगीले बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रा.स्व.पा.को भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताए ।
गत आइतबार बसेको रा.स्व.पा. सचिवालय बैठकले सरकारले ल्याएको ५ अध्यादेश माथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको थियो । रासस





