Lucky-Khabar_

वीरगञ्जका २ होटलमा यौनकर्मी र सञ्चालकसहित ४ जना पक्राउ

१९माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जका होटलमा युवती तथा महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा संलग्न गराउने होटल सञ्चालकसहित चार जनालाई  नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २ महिला होटल सञ्चालक र २  पुरुष ग्राहक रहेका छन्।

content ad p2

बिहीबार राति वीरगञ्ज महानगरपालिका-१६ भन्सार क्षेत्रस्थित होटल स्वास्तिक र होटल रितेशमा पर्सा प्रहरीले छापा मारेको थियो। सो क्रममा ती होटलहरूमा कार्यरत २ महिलालाई उद्धार गरिएको तथा उनीहरूलाई वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक र २  पुरुष ग्राहकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

पक्राउ पर्नेहरू: होटल सञ्चालक: मीरा कुमारी महतो (३८), जीतपुरसिमरा उपमहानगरपालिका-१४, बारा।
सुक्राती चौधरी, भंगहा नगरपालिका-२, टिकुलिया, महोत्तरी।

ग्राहक: दीपेश राई (३३), देयालो गाउँपालिका-५, ओखलढुंगा।मनोज राय (३५), बरहदिया-११, छपरा जिल्ला, बिहार, भारत।
प्रहरीका अनुसार ती महिलाहरूलाई राम्रो रोजगारीको आश्वासन दिएर होटलमा ल्याइपुर्याइने तथा ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गराइने गरेको खुलेको छ।

नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको डीएसपी लम्सालले जानकारी दिए।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर