Lucky-Khabar_

पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टियो

२९ माघ, वीरगञ्ज । विगत पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको सर्वाेच्च अदालतको फैसलासँगै उल्झन सल्टिएको छ ।

content ad p2

सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले यसअघि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यसअघि अस्थायी इजलास वीरगञ्जको निर्माण कम्पनी एनडिइ/भ्याली कन्स्ट्रक्सन प्रालि (भिसीपिएल)/नेशनल डेभलपमेन्ट इन्जिनियरिङ (एसएसएनसी)पक्षको फैसला उल्ट्याइदिएसँगै भवन निर्माणसम्बन्धी विवाद टुङ्गोमा पुगेको जानकारी दिए ।

उच्चको फैसला उल्ट्याइदिएसँगै सोमबार बेलुका वीरगञ्जका नागरिक समाज तथा चिकित्सकले फैसलाको स्वागत गरेका छन् । यद्यपि सो मुद्दाको फैसलासम्बन्धी पूर्णपाठ आइसकेको छैन । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा नीरज सिंहले सर्वाेच्च अदालतको फैसलाले नारायणी अस्पताल भवन निर्माण प्रक्रियाको बाटो खुलेको बताए ।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर