मधेस प्रदेशका नाकाबाट सर्वसाधारणले घरायसी प्रयोजनका सामान ल्याउँदा अनावश्यक दुःख नदिन DIG गोविन्द थपलियाले निर्देशन दिएका छन्।

बिचौलियाबाट हैरानी भए तत्काल नियन्त्रणमा लिएर कडा कारबाही गर्ने चेतावनी दिँदै गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ। साथै तस्करलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गरिने जनाइएको छ।
दुर्घटना न्यूनीकरणका लागि कारण पहिचान गरी सचेतनामूलक अभियान सञ्चालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


