Lucky-Khabar_

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको सरुवा गरेको छ। उनको स्थानमा एसपी पवनकुमार भट्टराईलाई पर्सा जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।

content ad p2

भट्टराई यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए। यस्तै, एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।नारायणी अस्पताल, वीरगञ्जमा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि पर्साका प्रहरी प्रमुखको सरुवा गरिएको हो।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेका थिए।

उक्त घटनापछि देशभरका चिकित्सकहरूले दोषीमाथि कडा कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा अस्पतालमा सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलन जारी राखेका छन्।यसैबीच, सुरक्षा व्यवस्थापन र घटनाको अनुसन्धान प्रक्रिया चलिरहेका बेला पर्साका प्रहरी प्रमुखको सरुवा गरिएको हो। सरुवाको औपचारिक कारण भने प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छैन।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर