Lucky-Khabar_

दैलेखमा पेट्रोलियम उत्खननको तयारी, व्यावसायिक उत्पादनतर्फ दोस्रो चरणको गृहकार्य

काठमाडौंखानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित दोस्रो चरणको सम्झौता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

content ad p2

विभागका अनुसार चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब व्यावसायिक उत्खननको प्रक्रिया अगाडि बढाउन विभाग र China Geological Survey बीच थप सम्झौता गर्ने तयारी भइरहेको छ।

पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार चिनियाँ प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे तथा जिओ–केमिकल स्याम्पलिङलगायतका अध्ययन सम्पन्न भइसकेका छन्। परियोजनाअन्तर्गत संकलित नमूनाको परीक्षणबाट दैलेख क्षेत्रमा पेट्रोलियम र प्राकृतिक ग्यासको सम्भावना रहेको संकेत प्राप्त भएको विभागले जनाएको छ।

विभागले दोस्रो चरणको सम्झौताका लागि आवश्यक सहयोग जुटाउन सरकारसँग समन्वय गरिरहेको जनाएको छ। परियोजना सफल भई व्यावसायिक उत्पादन सुरु हुन सके नेपालले पेट्रोलियम पदार्थ आयातमा खर्च हुने ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ।

सरोकारवालाहरूका अनुसार दैलेखमा पेट्रोलियम उत्पादन सम्भव भएमा यसले आयात प्रतिस्थापन, ऊर्जा सुरक्षाको सुदृढीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर